21 Baishak, 2081 / 3 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

न्युजिल्याण्ड र कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ




न्युजिल्याण्ड र कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

काठमाडौं, १४ फागुन । न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १२ लाख ७० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-४ चन्डोल बस्नेहरू लमजुङ दोर्दी गाउँपालिका-७ घर भएका ३० वर्षीय रेशम गुरुङ र ३० वर्षीय गंगा गरूङ रहेका छन् । 
उनीहरूले १ जनालाई वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख ५० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौँ चन्डोलबाट पक्राउ गरेको हो । 
यस्तै, कतार पठाइदिन्छु भन्दै २ लाख ७० हजार रुपैयाँ ठगी गरेको अभियोगमा टोखा नगरपालिका-९ बस्ने ३५ वर्षीया रोशनी राणालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
राणाले १ जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाई प्रतिष्ठित कम्पनीमा मासिक ७० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-११ फैकाबाट पक्राउ गरेको हो । 


 



Related News


यसमा तपाइको मत


Comments