21 Baishak, 2081 / 3 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

रुसी सेनामा गएका नागरिकका आफन्तसँग परराष्ट्रमन्त्रीको छलफल




रुसी सेनामा गएका नागरिकका आफन्तसँग परराष्ट्रमन्त्रीको छलफल

काठमाडौं, १५ फागुन । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ती भएका नेपाली नागरिकका आफन्तसँग छलफल गरेका छन्। मंगलबार मन्त्रालयमा बोलाएर मन्त्री साउदले छलफल गरेको उनको सचिवालयले जनाएको छ।

भेटमा मन्त्री साउदले गैरकानुनी रुपमा रुसी सेनामा भर्ती भएका नेपालीप्रति पनि राज्यको दायित्व सिर्जना हुने बताए। ‘उहाँहरू अवैधानिक रूपमा गइदिँदा समस्या सिर्जना भयो। नगइदिएको भए हुन्थ्यो,’ परराष्ट्रमन्त्री साउदले भने, ‘अब जसरी गएपनि उहाँहरू प्रति राज्यको दायित्व छ। आफ्ना नागरिकप्रति सरकार सधैँ जिम्मेवार हुनुपर्छ/हुन्छ।’

रुसी सेनामा भर्ती भएका नेपाली प्रति आफ्नो तहबाट इमानदारितापूर्वक प्रयास गरिरहेको उनले बताए। यस्तै सरकारले काठमाडौंस्थित रुसी दूतावास, मस्कोस्थित नेपाली दूतावास र अन्य माध्यमहरुबाट रुसी पक्षसँग निरन्तर सम्पर्क गरिरहेको उनले बताए।
 



Related News


यसमा तपाइको मत


Comments