15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

साउदी श्रम कानून संशोधन हुँदै




साउदी श्रम कानून संशोधन हुँदै

काठमाडौं, १२ चैत । साउदी अरबमा कानून संशोधन हुँदैछ। साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले काम नदिई कामदार राख्ने कम्पनी र रोजगारदातालाई कडा कारबाही गर्ने उद्देश्यले श्रम कानून संशोधन गर्ने योजना अघि बढाएको छ।

मन्त्रालयले कामदारलाई काम नदिने कम्पनीहरू र रोजगारदातालाई दुई लाख रियालदेखि १० लाख रियाल (नेपाली ७० लाखदेखि तीन करोड ५० लाख रुपैयाँ)सम्मको जरिवाना गर्ने गरी संशोधनको प्रस्तावको मस्यौदा तयार पारेको छ। नयाँ कानुन पारित भएपछि साउदी अरबको श्रम बजारमा श्रमसँग जोडिएर भइरहेको गैरकानुनी गतिविधिलाई नियन्त्रण गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको प्रस्तावित कानूनमा जनता, सरकारी निकाय र निजी क्षेत्रको रायसमेत माग गरेको छ। मन्त्रालयले जनता, सरकारी निकाय र निजी क्षेत्रको रायको सर्वेक्षण गर्न राष्ट्रिय प्रतिस्पर्धा केन्द्रसँग आबद्ध एकीकृत विद्युतीय सार्वजनिक परामर्श मञ्च (इस्टिटला)मार्फत संशोधनमा आफ्ना राय दिन सरोकारवाला अह्वान गरेको छ । श्रम कानुन संशोधन गर्ने सर्वेक्षणमा राय–सुझाव दिन आगामी २० अप्रिलसम्मको समय तोकिएको छ ।



Related News


यसमा तपाइको मत


Comments