15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

यूएईमा श्रमिक अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न सिफारिस




यूएईमा श्रमिक अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न सिफारिस

काठमाडौं, १४ चैत । युएईस्थित नेपाली दूतावासले वैदेशिक रोजगारमा पठाएर अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न वैदेशिक रोजगार विभागलाई सिफारिस गरेको छ । युएई पठाएर अलपत्र पार्ने काठमाडौँस्थित मेची इन्टरनेसनल ओभरसिज प्रालिलाई कारबाही गर्न सिफारिस गरेको हो ।

यूएईमा १९ जना युवा अलपत्र परेको सूचना सार्वजनिक भएपछि सम्बन्धित म्यानपावरले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो । युएईस्थित दूतावासका श्रम सहचारी आविद अन्सारीले म्यानपावरलाई कारबाही गर्न विभागलाई पत्राचार गरेका हुन् । ‘नेपाली श्रमिकहरू जस्ताको त्यस्तै रहेको तथा समस्या समाधानका लागि कुनै पहल नगरको देखिएकाले म्यानपावर तथा कम्पनीलाई आवश्यक कारबाही हुन आदेशअनुसार अनुरोध छ,’ पत्रमा उल्लेख छ ।


अलपत्र परेका १९ मध्ये खोटाङका दुई युवा छन् । उनीहरूको उद्धारको माग गर्दै आफन्तले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । जन्तेढुङ्गा गाउापालिका-५ चिसापानीका परशुराम राई र राजकुमार राईको उद्धारका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।
 



Related News


यसमा तपाइको मत


Comments