24 Baishak, 2081 / 6 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कोहलपुरमा दुर्घटना, पाँच जनाको मृत्यु 




 कोहलपुरमा दुर्घटना, पाँच जनाको मृत्यु 


काठमाडौं, ४ चैत । बाँकेको कोहलपुरमा यात्रुबाहक बस र टिपर एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । 
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दुर्घटनामा परि ज्यान गुमाएका मध्य अन्दाजी ३२ वर्षीया महिलाको शनिबार बिहान सनाखत भएको छ । 

उनी सिराहा जिल्लाको सुखीपुर गाउँपालिका वडा नं.३ की अम्बिका कान्ती हुन् । 

यसअघि शुक्रबार राति अवेर मृतकमध्ये चार जना पुरुषको सनाखत भइसकेको थियो।  जसमा कोहलपुर नगरपालिका वडा नं. १२ का २१ बर्षीय उदय बाँठा, कोहलपुर १३ का २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत जिल्लाको साटाखानीका ४० बर्षीय जिवनकुमार बिक र झापा जिल्लाको मेचिनगरपालिका वडा नं. १० का ४५ का छत्रबहादुर कटुवाल थिए। 

मृतकमध्ये कोहलपुरका दुई जना टिपरका चालक र परिचालक रहेको प्रहरीले जनाएको छ। मृतक अन्य तीन जना बसमा सवार व्यक्ति रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो।

दुर्घटनामा परि कुल ३७ यात्रु घाइते भएकोमा ७ जनाको अवस्था गम्भीर रहेको भए पनि शनिबार बिहानसम्म सबैको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको जानकारी दिइएको छ।

घाइतेको उपचारमा संलग्न चिकित्कसका अनुसार सबै घाइते अब खतरा मुक्त छन्।  घाइते सबैको कोहलपुरमै उपचार भइरहेको छ।

सुर्खेतबाट धरानका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस र विपरित दिशातर्फ जाँदै गरेको ना अ अ प ४१ नम्बरको टिप्पर शुक्रबार बेलुका साढे पाँच बजेतिर कोहलपुर नगरपालिका–१३, रोहिणी खोला नजिकै एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो ।




यसमा तपाइको मत


Comments