22 Baishak, 2081 / 4 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आज रामनवमी पर्व मनाइँदै




आज रामनवमी पर्व मनाइँदै


काठमाडौं, ८ वैशाख । रामनवमी पर्व आज मनाइँदै छ  । चैत शुक्ल नवमीका दिन देशभर  रामको पूजा आराधना गरी रामनवमी मनाइँदै छ । आज रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्ड जारी गरिएकाले भक्तजनले राम मन्दिरमा भौतिक दूरी कायम गरी पूजा, आराधना एवं दर्शन गर्नेछन् । जनकपुरमा रहेको रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका भक्तजनको घुइँचो लाग्छ । त्रेतायुगमा अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको पुत्रका रुपमा विष्णुको अवतार लिएर रामको जन्म भएको विश्वास गरिन्छ । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । 
यसैबीच श्रीरामनवमीका अवसरमा चितवनको माडीमा रहेको अयोध्यापुरीमा रामसिताको मूर्ति प्रतिस्थापन गरिँदै छ । प्रतिस्थापनका लागि राम–सीताको मूर्ति रथयात्रासहित त्यसतर्फ लगिएको  छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई हिजो बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए । 




यसमा तपाइको मत


Comments