22 Baishak, 2081 / 4 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देशका अधिकांश क्षेत्रकाे माैसम सामान्य बदली




देशका अधिकांश क्षेत्रकाे माैसम सामान्य बदली

काठमाडौं, २७ भदौ । देशका अधिकांश स्थानमा सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा अहिले भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। यस्तै मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेको छ।

अहिले देशको पहाडी भूभागमा सामान्य बदली र तराई भूभागमा आंशिक बदली रहेको छ ।

आइतबार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैबीच पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।




यसमा तपाइको मत


Comments