24 Baishak, 2081 / 6 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अधिकांश देशमा आगामी केही साता ओमिक्रोन निकै चुनौतिपूर्णः डब्ल्यूएचओ




अधिकांश देशमा आगामी केही साता ओमिक्रोन निकै चुनौतिपूर्णः डब्ल्यूएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका अधिकांश देशका लागि आगामी केही साता चुनौतिपूर्ण हुने बताएका छन् । 

डब्लूएचओको नियमित प्रेस ब्रिफिङमा बुधबार महानिर्देशक डा. टेड्रोस अधानन् गेब्रियससले  यसअघिको डेल्टा भेरियन्टभन्दा कम जटिल प्रकारको हो भनेर बेवास्ता गर्न नहुने बताए । 
ओमिक्रोनका कारण मानिसहरु अस्पताल भर्ना भइरहेका र मृत्युका घटना पनि भइरहेको भन्दै कुनै पनि हालतमा हेल्चक्राइ गर्न नहुने बताए ।

यसले पहिलेको भेरियन्टभन्दा कम जटिल प्रकारको संक्रमण गराउने तथ्यांकहरुले देखाए पनि यसका कारण स्वास्थ्य पूर्वाधारमा ठूलो दबाब सिर्जना गरिरहेको भन्दै उनले खोपको कम पहुँच भएका दिेशहरुमा यसले थप समस्या निम्त्याउन सक्ने बताए।

विश्वका धेरै मानिसहरू अहिले पनि खोपको पहुँचभन्दा बाहिरै रहेको अवस्थामा यसलाई बेवास्ता गर्दा धेरैले ज्यान गुमाउने जोखिम रहने उनले बताए । विश्वभर नै ओमिक्रोन भेरियन्टको भाइरस अत्यन्तै तीव्र गतिमा फैलिरहेकोले गर्दा धेरै देशका लागि आगामी केही साता निकै जोखिमयुक्त रहेको  बताए । 




यसमा तपाइको मत


Comments