19 Baishak, 2081 / 1 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुरक्षागार्ड पक्राउ घटनाः सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन मन्त्री श्रेष्ठको आग्रह




सुरक्षागार्ड पक्राउ घटनाः सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं, २० भदौ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सुरक्षागार्ड पक्राउ परेको घटनाको सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन आग्रह गरेका छन् । लाइनमा बस्न आग्रह गर्ने सुरक्षागार्डलाई मन्त्रीको ठाडो आदेशमा प्रहरीले पक्राउ गरेको भन्दै तीव्र आलोचना हुन थालेपछि मन्त्री श्रेष्ठले घटनाबारे सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन आग्रह गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यो घटना लाइनमा नबसेको कारणले नभइ आफ्नो अङ्गरक्षकमाथि दुर्व्यवहार गरिएको कारणले भएको दाबी गरेका छन् । 

मन्त्री श्रेष्ठले सबै नेता र मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षड्यन्त्र हुन लागेको भन्दै सजक हुन पनि आग्रह गरेका छन् । 
 




यसमा तपाइको मत


Comments