23 Baishak, 2081 / 5 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

धनगढीमा उपचाररत थप एक व्यक्ति कोरोना निको भई घर फिर्ता




धनगढीमा उपचाररत थप एक व्यक्ति कोरोना निको भई घर फिर्ता

धनगढी, १० वैशाख - कोरोना भाइरसको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक व्यक्ति आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।    दुई पटक लगातार गरिएको नमूनाको परीक्षणमा नतिजा ‘नेगेटिभ‘ आएपछि उहाँलाई आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

डिस्चार्ज हुनेमा कञ्चनपुर बेदकोट नगरपालिका–९ का ४० वर्षीय इन्द्र विक हुनुहुन्छ । भारतको उत्तराखण्डमा काम गर्दै आउनु भएका उनि गएको चैत महिनामा पश्चिमी सीमानाका गड्डाचौकी हुँदै आफ्नो घर बेदकोट नगरपालिका आई पुग्नुभएको थियो । थ्रोट स्वाबको नमूना पोजेटिभ पाइएपछि उनलाई चैत २२ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालले आज प्रकाशित गरेको सूचनामा अहिलेसम्म कोभिड–१९ पोजेटिभ निको भई तीन जना डिस्चार्ज भइसकेको र हाल दुई जना उपचाररत रहेको उल्लेख गरिएको छ । हालसम्म ३८ जना शङ्कास्पद बिरामीको उपचार गरिएको समेत सूचनामा जनाइएको छ । लगातार दुई पटक गरिएको नमूनाको परीक्षणबाट नतिजा ‘नेगेटिभ’ आएपछि यसअघि वैशाख ९ गते सोही अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय अमृत शाही अस्पतालबाट डिस्चार्ज भएका थिए । 

दुबईबाट नयाँदिल्ली र काठमाडौँ हुँदै आफ्नो घर धनगढीपुगेका  उनलाई कोरोना सङ्क्रमित भएको पुष्टि भएपछि गएको चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । उनि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना हुने कोरोनाको सङ्क्रमित पहिलो व्यक्ति हुन् ।

सोही अस्पतालमा उपचाररत कैलालीको लम्की चुहा नगरपालिकाका २१ वर्षीय राज विकलाई यही वैशाख ७ गते अस्पतालबाट डिस्चार्ज गरिएको थियो । योसँगै सो अस्पतालमा कोरोनाको उपचारपछि घर फर्किनेको सङ्ख्या तीन पुगेको छ । अस्पतालमा कोरोना सङ्क्रमित धनगढी उपमहानगरपालिका–५ की ३४ वर्षीया र कैलाली लम्कीचुहा नगरपालिकाकी ५२ वर्षीया समेत दुई महिलाको उपचार भइरहेको रउनिहरुको  अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।  




यसमा तपाइको मत


Comments