23 Baishak, 2081 / 5 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

रौतहटमा फेरी भेटीए २ जना कोरोना संक्रमित ब्यक्ति, संक्रमितको संख्या ५४ पुग्यो




रौतहटमा फेरी भेटीए २ जना कोरोना संक्रमित ब्यक्ति, संक्रमितको संख्या ५४ पुग्यो

काठमाडौँ, वैशाख १६ । नेपालमा फेरी थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

 

रौतहटका प्रमुख महेश साहका अनुसार दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट ९आरडीटी० मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो ।

 

कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ । त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै रहेका छन् । काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो । २ जना नयाँ बिरामी थपिएसँगै देशभर संक्रमितको संख्या ५४ पुगेको छ ।




यसमा तपाइको मत


Comments